सुनचाँदीको मुुल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सुनचाँदीको मुुल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?



काठमाडौं । बिहीबार सुनको मुल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायि महासंघका अनुुसार आज सुनको मुल्य तोलामा ४०० रुपैंयाले घटेको हो ।

योसँगै छापावाल सुनको मुल्य प्रतितोला ९८ हजार रुपैयाँ कायम भएको छ भने तेजाबीको सुनको मुल्य प्रतितोला ९७ हजार ५०० रुपैयाँ कायम भएको छ । । अघिल्लो दिन छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार ४०० रुपैयाँ थियो भने तेजाबी सुनको मुल्य प्रतितोला ९७ हजार ९०० रुपैंया कायम भएको थियो।

आज चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला १२ सय ९५ रुपैयाँ रहेकोमा घटेर आज १२ सय ८५ रुपैयाँ कायम भएको हो ।

प्रकाशित : १ मंसिर २०७९, बिहीबार ११:३६