पुनर्बीमा कम्पनीको लगानी २७ अर्ब भन्दा धेरै , कुन क्षेत्रमा कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

पुनर्बीमा कम्पनीको लगानी २७ अर्ब भन्दा धेरै , कुन क्षेत्रमा कति ?



काठमाडौं । हाल सञ्चालित दुई पुनर्बीमा कम्पनीले २७ अर्ब रुपैयाँभन्दा धेरै लगानी गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रि इन्स्योरेन्स कम्पनीले २७ अर्ब ७७ करोड ४४ लाख रुपैयाँ बराबरको लगानी गरेका हुन् ।

चालु आवको पहिलो त्रैमाससम्ममा नेपाल पुनर्बीमा कम्पनीले २० अर्ब १ करोड ४ लाख रुपैयाँ बराबरको लगानी गरेको छ । त्यस्तै, हिमालयन रि इन्स्योरेन्स कम्पनीले यस आवधिमा ७ अर्ब ७६ करोड ४० लाख रुपैयाँ लगानी गरेको छ ।

नेपाल पुनर्बीमा कम्पनीले नेपाल सरकारको बचतपत्रमा ३० करोड, क वर्गको बैंकको मुद्दती निक्षेपमा १४ अर्ब ८१ करोड १२ लाख रुपैयाँ र सूचीकृत पब्लिक कम्पनी लिमिटेडको शेयरमा ९ करोड ४७ लाख, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर ऋणपत्रमा एक अर्ब ७३ करोड ९७ लाख, म्युचुअल फण्ड र नागरिक लगानी कोषमा ९ करोड ५१ लाख रुपैयाँ, ख वर्गको बैंक तथा वित्तीय संस्थामा एक अर्ब ९६ करोड ३१ लाख रुपैयाँ र अन्य क्षेत्रमा एक अर्ब ६३ लाख रुपैयाँ लगानी गरेको छ ।

त्यस्तै, हिमालयन रि इन्स्योरेन्स कम्पनीले क वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा ७ अर्ब ९ करोड रुपैयाँ, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर ऋणपत्रमा ६३ करोड ४० लाख, म्युचुअल फण्ड र नागरिक लगानी कोषमा ४ करोड रुपैयाँ लगानी गरेको छ ।

प्रकाशित : ३० कार्तिक २०७९, बुधबार २२:०७