कुमारी बैंकको ऋणपत्र नेप्सेमा सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

कुमारी बैंकको ऋणपत्र नेप्सेमा सूचिकृत



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कुमारी बैंकको ३० लाख इकाई ऋणपत्र सूचीकृत भएको छ । ‘ कुमारी बैंक डिबेन्चर २०८९’ सूचीकरण भएको हो ।

बैंकले गत भदौ १७ गतेदेखि ३१ गतेसम्म प्रतिइकाई १ हजार रुपैयाँ दरमा ३० लाख इकाई ऋणपत्र बिक्री खुला गरेको थियो । यसमध्ये १८ लाख युनिट ऋणपत्र व्यक्तिगत तवरबाट तथा बाँकी १२ लाख युनिट सर्वसाधारणका लागि खुला गरिएको हो । सोही ऋणपत्र अहिले नेप्सेमा सूचीकृत भएको हो । यस ऋणपत्रमा वार्षिक ब्याजदर ११५ रहेको छ ।

प्रकाशित : २८ कार्तिक २०७९, सोमबार २०:३९