कृति भेन्चर फन्डको साधारण सभा मंसिर १९ गते, यस्तो छ एजेण्डा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

कृति भेन्चर फन्डको साधारण सभा मंसिर १९ गते, यस्तो छ एजेण्डा



काठमाडौं । कृति भेन्चर फन्डले मंसिर १९ गते वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको असोज ३१ गते बसेको सञ्चालक समितिको बैठकले सभा टाइम्स स्क्वाइर रेस्टुरेन्ट, बालुवाटार, काठमाडौंमा दिउँसो १ बजे बस्ने निर्णय गरेको हो ।

सभामा कम्पनीले हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पेश गर्नेछ । साथै, सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।

त्यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।

प्रकाशित : २७ कार्तिक २०७९, आईतवार १५:०७