काठमाडौं। एनआईसी एसिया क्यापिटलले न्यून शुल्कमा आफ्नो ग्राहकलाई उच्च कोटीको सेवा सुविधा उपल्बध गराउने उद्देश्यले आजीवन डिम्याट खाता योजना सञ्चालनमा ल्याएको छ ।
क्यापिटलले ‘पे वान टाइम फरगेट फर लाइफटाइम’ नाराका साथ ९ सय ९९ एकमुष्ठ भुक्तानी गर्दा आजीवन डिम्याट खाता सञ्चालन गर्न मिल्ने गरी डिम्याट खाता नविकरण योजना सञ्चालनमा ल्याएको हो।
योजनाअन्तर्गत निक्षेप सदस्यमा डिम्याट खाता खोली सेयरको कारोबार गर्ने खातावालले प्रत्यक वर्ष डिम्याट खाता नविकरण शुल्क वापत १ सय बुझाउनु पर्ने व्यवस्था छ।
नविकरण शुल्क भुक्तानी नगरेको अवस्थामा सम्बन्धित खातावालाको डिम्याट खाता फ्रिज भई बिक्री गरेको सेयर निर्धारीत समयमा राफसाफ नभई हजारौं जरिवानासमेत भुक्तानी गर्नुपर्ने हुन्छ।
हरेक वर्ष डिम्याट खाता नविकरण शुल्क भुक्तानी गर्नुपर्ने र नविकरण शुल्क भुक्तानी गर्ने प्रक्रिया निकै झनझटिलो रहेको हुँदा यस क्यापिटलले आफ्नो ग्राहकलाई न्यून शुल्कमा आजीवन डिम्याट खाता नविकरण गरिदिने व्यवस्थ गरेको हो।
योजनाले नेपाल धितोपत्र बोर्डले आगामी दिनमा कम्पनीले प्रारम्भिक सार्वजनिक निष्कासन गर्दा निष्कासित सेयरको १० प्रतिशत सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि छुट्याई बाँडफाँड गर्नुपर्ने व्यवस्था गरिसकेको अवस्थामा वैदेशिक रोजगारीमा रहेका तथा बिदेशमा जान लागेका व्यत्तिलाई न्यून शुल्कमा डिम्याट खाता खोलि नविकरण गर्ने झनझटबाट मुक्त हुन सक्नेछन्।
क्यापिटलको आजीवन डिम्याट खाता योजना एनआईसी एसिया क्यापिटल तथा एनआइ सी एसिया बैंकको सम्पूर्ण शाखा कार्यालयबाट डिम्याट खाता खोली शुक्रबारको मितिमा नविकरण शुल्क भुक्तानी गर्न बाँकी नरहेका सम्पूर्ण खातावाला तथा नयाँ खाता खोल्ने ग्राहकले समेत लिन सक्नेछन्।
यस एनआईसी एसिया लाइफटाइम डिम्याट खाता नविकरण योजना अर्को सूचना जारी नभएसम्म सञ्चालन हुनेछ। साथै डिम्याट खातावालाले आफ्नो खाता नविकरण भएरनभएको सम्बन्धी जानकारी क्यापिटलको वेबसाइट राखिएको जनाइएको छ।
क्याटिलको आजीवन डिम्याट खाता योजनामा सहभागी हुनको लागि यस क्यापिटलको नाममा एनआईसी एसिया बैंक लिमिटेड, थापाथली, काठमाण्डौमा रहेको बैंक खाता नं। ५४४४४५१०२५५२४०१७ मा ९ सय ९९ जम्मररकमान्तरण गरी वा अनलाइन भुक्तानी माध्येम इ(सेवा, खल्ती, कनेक्ट आइपिइस, फोन पे र आइएमइ पेमार्फत भुक्तानी गर्न सकिने।
साथै नविकरण शुल्क भुक्तानी गर्दा डिम्याट खाता नम्बर तथा सम्बन्धित खाताबालाको मोवाइल नम्बर अनिवार्य रूपमा उल्लेख गर्नुपर्नेछ।
Comment