एक सातामा ६१.७७ अंकले बढेको बजारमा कुन कुन कम्पनीका सेयरधनीले कमाए, कसले गुमाए ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

एक सातामा ६१.७७ अंकले बढेको बजारमा कुन कुन कम्पनीका सेयरधनीले कमाए, कसले गुमाए ?



काठमाडौं । यो साता नेपाल स्टक एक्स्चेन्ज लिमिटेड (नेप्से) दोहोरो अंकले बढेको छ । ६१.७७ अंकले बढेको बजारमा दुई सय २० वटा कम्पनीहरुको ९१ हजार तीन सय ८ वटा कारोवार भएको हो ।

जसअनुसार एक करोड ११ लाख ८ हजार २९ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम ४ अर्ब २३ करोड ५८ लाख २७ हजार ४ सय रुपैंया बराबरको कारोबार भएको छ ।

कारोबारको पहिलो दिन १८६०.३९ अंकमा खुलेको बजार साताको अन्तिम दिन ३.३२ प्रतिशतले बढेर १९२२.१६ अंकमा बन्द भयो । त्यस्तै, यो हप्ता ४ दिन कारोबार भएको नेप्सेमा तीन दिन बजार बढेर हरियाली छाएको छ भने एक दिन बजार दोहोरो अंकले घटेको छ । यो साता उच्च बिन्दु १९५६.६१ अंक बनाएको नेप्सेले हप्ताकै न्युन बिन्दु १८५६.९३ अंक बनाएको थियो ।

यो साता सबैभन्दा धेरै कमाउने टप ५ कम्पनीहरु

यस साता शिर्ष कमाउने कम्पनीहरुमा पहिलो स्थानमा इमर्जीड नेपाल लिमिटेड रहेको छ । यसका सेयर लगानीकर्ताले सबैभन्दा बढी मुनाफा आर्जन गरेका छन् । जसको सेयरमुल्य १४.९५ प्रतिशतले बृद्धि भएको छ।

त्यसैगरी दोस्रो सबैभन्दा बढी कमाउने कम्पनी कर्णाली डेभलपमेन्ट बैंक रहेको छ । यसका लगानीकर्ताले ११.८५ प्रतिशत कमाएका छन् । यो साता बढेको कम्पनीमा कर्पाेरेट डेभलपमेन्ट बैंक पनि हो । यसको सेयर ११.७३ प्रतिशतले बढेको छ । यो संगै अर्को कमाउने कम्पनीमा नेपाल पुर्नबीमा कम्पनी पनि छ । यो कम्पनीको यस हप्ता ११.१६ प्रतिशतले बृद्धि भएको छ । अन्तिममा यस साता कमाउने कम्पनीमा घलेम्दी हाइड्रो रहेको छ भने यसको सेयरमुल्य १०.३९ प्रतिशतले बढेर बन्द भएको छ ।

यो साता सबैभन्दा धेरै घाटामा गएका टप ५ कम्पनीहरु

यो साता लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका कम्पनीहरुमा शिर्ष स्थानमा रु रु जलविद्युत परियोजना रहेको छ । यसका सेयर लगानीकर्ताले यो साता सबैभन्दा बढी गुमाएका छन्। यसको सेयरमुल्य ७.६० प्रतिशतले गिरावट आएको छ ।

त्यसैगरी सबैभन्दा बढी गुमाउने दोस्रो कम्पनीमा सिटिजन्स् म्युचुअल फण्ड १ रहेको छ । यसका लगानीकर्ताले ५.८४ प्रतिशतले यो साता घाटा बेहोरेका छन् । तेस्रो स्थानमा राष्ट्र उत्थान लघुवित्त वित्तिय सस्था रहेको छ । यसको सेयरमुल्य ३.२९ प्रतिशतले गिरावट आएको छ ।

त्यस्तै अर्काे यो हप्ता घट्ने कम्पनीमा अभियान लघुवित्त वित्तिय संस्था रहेको छ । यसको सेयर करिब ३ प्रतिशतले घटेको छ । अन्तिममा यस साता घट्ने कम्पनीमा सिद्धार्थ इक्विटी फण्ड रहेको छ । जसको सेयरमुल्य २.०४ प्रतिशतले घटेर बन्द भएको छ ।

प्रकाशित : १९ कार्तिक २०७९, शनिबार २२:३५