नेप्से परिसूचकसँगै कारोबार रकम पनि घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

नेप्से परिसूचकसँगै कारोबार रकम पनि घट्यो



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहीबार दोहोरो अंकले घटेको छ । आज नेप्से १६.१४ अंकले घटेर एक हजार ९ सय २२ दशमलब १६ विन्दुमा बन्द भएको हो ।

त्यस्तै, आज नेप्सेमा ८९ करोड ८९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका २२० कम्पनीमध्ये २७ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १५३ वटा कम्पनीको शेयरमूल्य घटेको छ । साथै, ५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज युनिलिभर नेपाल लिमिटेडको शेयरमूल्य ६.५६ प्रतिशतले बढेर प्रतिकित्ता १९ हजार पाँच सय रुपैयाँ पुगेको छ । कारोबार खुलेको सुरुवातदेखिनै यस कम्पनीको शेयरमूल्यमा वृद्धि भइरहेको थियो ।

नेप्सेका अनुसार वीन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी एभरेष्ट बैंकको भएको छ । यसको आज ४ करोड ३ लाख भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : १७ कार्तिक २०७९, बिहीबार १५:३८