सानिमा ग्रोथ फन्डका इकाइहरु आजदेखि बिक्रीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सानिमा ग्रोथ फन्डका इकाइहरु आजदेखि बिक्रीमा



काठमाडौं । सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘सानिमा ग्रोथ फन्ड’का इकाइहरु आजदेखि बिक्री खुला गर्ने भएको छ। कोष प्रवर्द्ध सानिमा बैंक र योजना व्यवस्थापक सानिमा क्यापिटल रहेका यस योजनाका १० रुपैयाँ अंकित दरका कुल १२ करोड इकाइ बिक्री खुला गरिएको हो

कुल इकाइमध्ये १ करोड ५६ लाख इकाइ वा कुल बिक्री भएको इकाइको १३ प्रतिशत बिज पुँजीबापत कोष प्रवर्द्धक सानिमा बैंकलाई सुरक्षित गरिएको छ भने २ प्रतिशतले हुन आउने २४ लाख इकाइ योजना व्यवस्थापक सानिमा क्यापिटललाई छुट्टाएको छ। बाँकी १० करोड २० लाख इकाइ सर्वसाधारणका लागि बिक्री खुला गरिएको छ।

यस योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाइदेखि अधिकतममा १ करोड २० लाख इकाइसम्म खरिद आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था वा तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

उक्त म्युचुअल फन्डमा आगामी कात्तिक २० गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्म मागबमोजिम खरिद आवेदन नपरेको खण्डमा कात्तिक ३० गतेसम्म खुला इकाइहरु बिक्री खुला गरिनेछ।

प्रकाशित : १६ कार्तिक २०७९, बुधबार ११:१०