पिपुल्स इन्भेष्टमेन्टको हकप्रद शेयर विक्रीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

पिपुल्स इन्भेष्टमेन्टको हकप्रद शेयर विक्रीमा



काठमाडौं । पिपुल्स इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले कात्तिक १५ गतेदेखि ३० प्रतिशत हकप्रद शेयर बिक्री खुला गरेको छ । कम्पनीले कात्तिक १४ गतेसम्म कायम साविक संस्थापक शेयरधनीहरूका लागि १० शेयर बराबर नयाँ ३ शेयरको अनुपातमा हकप्रद शेयर विक्री खुला गरेको हो ।

प्रतिकित्ता १०० अंकित दरका ४ लाख ७५ हजार ८७५ कित्ता हकप्रद शेयर खरीदका लागि मंसिर २० गतेसम्म आवेदन दिन सकिने छ ।

यो हकप्रद शेयर खरीदका लागि कम्पनीको कार्यालय ट्रेड टावर, थापाथली, काठमाडौंबाट आवेदन फारम प्राप्त गर्न र बुझाउन सकिने व्यवस्था छ ।

खरीदकर्ताहरूले कम्पनीको एनआईसी एशिया बैंकमा रहेको खाता नम्बर ५४४१०३३३०२५२४००२ र लुम्बिनी विकास बैंकमा रहेको खाता नम्बर ०३१००१२००१२११८०००००१ मा हकप्रद वापतको रकम जम्मा गरी आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ ।

प्रकाशित : १५ कार्तिक २०७९, मंगलवार १२:२८