भ्रष्टाचारको आरोपमा ३७ जना विरुद्ध १ करोड ७६ लाख बढीकाे मुद्दा दायर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

भ्रष्टाचारको आरोपमा ३७ जना विरुद्ध १ करोड ७६ लाख बढीकाे मुद्दा दायर



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा ३७ जना विरुद्ध मुद्दा दायर गरेको छ । आयोगले बुधबार गैरकानूनी लाभ तथा हानी गरी भ्रष्टचार गर्ने तत्कालीन महेन्द्रनगर नगर विकास समितिका तत्कालीन अध्यक्ष गोपाल रसाइली, पल्टु राना, पुष्कल चौधरी तथा मालपोत कार्यालय कन्चनपुरका तत्कालीन प्रमुख मालपोत अधिकृत र नापी कार्यालय कन्चनपुरका तत्कालीन प्रमुख नापी अधिकृतसमेत ३७ जना विरुद्ध मुद्दा दायर गरेको हो ।

आयोगका अनुसार तत्कालीन महेन्द्रनगर नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा गैरकानूनी तवरले लिज तथा बिक्री गरी सरकारी सार्वजनिक सम्पत्तिको हिनामिना गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन आयोगमा परेको थियो ।

यस विषयमा अनुसन्धान गर्दा तत्कालीन नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा व्यक्तिको नाममा हक हस्तान्तरण गर्दा नगर विकास ऐन, २०४५ तथा नगर विकास निर्देशिका, २०६१ को दफा ५ वमोजिम र बोर्ड बैठकको निर्णय वमोजिम उपलब्ध गराउनु पर्नेमा अध्यक्षहरुको एकल तोक आदेशको आधारमा बोर्डको निर्णय नै नभएका तथा निर्णयमा उल्लेख नै नभएका व्यक्तिहरु समेतलाई जग्गा उपलब्ध गराएको पाईएको छ ।


सोहि कार्यमा संलग्न तत्कालीन महेन्द्रनगर नगर विकास समितिका अध्यक्षहरु, समितिमा कार्यरत कर्मचारीहरु र सो जग्गा दर्ता स्रेस्ता कायम गर्ने कार्यमा संलग्न मालपोत कार्यालयका कर्मचारीहरु, कित्ताकाट प्रकृयामा संलग्न नापी कार्यालयका कर्मचारीहरु तथा जग्गा प्रथम तहमा प्राप्त गर्ने व्यक्तिहरु विरुद्ध १ करोड ७६ लाख ९७ हजार बराबरको माग दाबी सहित मुद्धा दायर गरिएको छ ।

मालपोत कार्यालय, कञ्चनपुरका तत्कालीन मालपोत अधिकृत शंकर बहादुर विष्ट विरुद्ध बिगो १६ लाख ८० हजार रुपैयाँ माग गरी मुद्दा दायर गरिएको छ । त्यसैगरी सोही मालपोतका तत्कालीन शाखा अधिकृत दलजित भट्ट विरुद्ध २१ लाख ११ हजार रुपैंया, तत्कालीन शाखा अधिकृत जय बहादुर विष्ट विरुद्ध १७ लाख ३२ हजार ४३६ रुपैंया, तत्कालीन शाखा अधिकृत घनश्याम दत्त विष्ट विरुद्ध, १ लाख ८७ हजार ४४० रुपैंया,तत्कालीन नायब सुब्बा गणेश बहादुर ऐर विरुद्ध, ४ लाख २५ हजार रुपैंया, तत्कालीन नायव सुब्बा नयन सिंह कुँवर विरुद्ध १० लाख ५० हजार रुपैंया, तत्कालीन नायव सुब्बा भिम सिंह रावल विरुद्ध ८ लाख २० हजार २६० रुपैंया, खरिदार नरेन्द्र वहादुर ऐर ४ लाख २५ हजार, खरिदार नमराज भट्ट २१ लाख ३० हजार ८७६ रुपैंया, प्रमुख नापी अधिकृत मोहन चन्द ठकुरी ८ लाख ५० हजार, नापी अधिकृत पुष्पराज जोशी १६ लाख ९२ हजार बिगाे दाबी माग भएकाे छ ।

त्यसैगरी, भीमदत्त न‍.पा.का नगर विकास समितिबाट प्रथम तहमा जग्गा खरिद गर्ने व्यक्ति लिलावती धामी ५ लाख १४ हजार ८७३ रुपैंया, सोहि न.पा.का जय बहादुर कामी विरुद्ध १६ लाख ९२ हजार,महेश बिष्ट १६ लाख ४० हजार,नगर विकास समितिबाट प्रथम तहमा जग्गा खरिद गर्ने व्यक्ति नवराज ऐर ८ लाख ५० हजार, जानकी चन्द २१ लाख,महेश प्रसाद दहाल ३ लाख ७४ हजार,बेलु देबी कामी १६ लाख ८० हजार,बिचौलिया मदन दमाई ३७ लाख ४६ हजार र हाल कायम जग्गाधनी अनिता गुप्ता, लक्ष्मी विष्ट, गिता देवी सिंह, फुन्नी कपाडी, जानकी कुमारी हमाल, पद्मा देवी ओझा, मान बहादुर थापा, गुमा देवी पन्त र लक्ष्मी देवी बडुवाल विरुद् भने विगो माग भएको छैन् ।

प्रकाशित : २ कार्तिक २०७९, बुधबार १७:४५