हिमाल डेन्टलमा आइएमई पे मार्फत भुक्तानी गर्दा फ्ल्याट १५ प्रतिशत छुट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

हिमाल डेन्टलमा आइएमई पे मार्फत भुक्तानी गर्दा फ्ल्याट १५ प्रतिशत छुट



काठमाडौँ । आइएमई पे र चाबहिलस्थित हिमाल डेन्टल हस्पिटलबीच साझेदारी सम्झौता भएको छ । सम्झौता अनुसार नेपालीहरुको महान चाड दसैं–तिहारको अवसर पारी सार्वजनिक गरिएको यस स्किममा आइएमई पेका प्रयोगकर्ताहरुले हिमाल डेन्टल हस्पिटलमा आइएमई पे मार्फत भुक्तानी गर्दा फ्ल्याट १५ प्रतिशत छुट पाईनेछ ।

हालको निम्ति १ वर्षको लागि मात्र गरिएको यस सम्झौता मार्फत प्रयोगकर्ताहरुले आइएमई पेको ४६ दिने “डिजिटल दशैँ तिहार २०७९” क्याम्पेन भरी आइएमई पेमा कुनै पनि कारोवार गरेको आर्थिक विवरण हिमाल डेन्टलमा देखाएमा निःशुल्क ओपिडि चेक–अप सुविधा पनि प्राप्त गर्न सकिने छ ।

प्रकाशित : ३१ भाद्र २०७९, शुक्रबार १६:४८