सुनको मुल्य तोलामा ७०० रुपैंयाले घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्य तोलामा ७०० रुपैंयाले घट्यो



काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मुल्य तोलाको ७०० रुपैयाँले ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलामा ७०० रुपैयाँले घटेर प्रतितोला ९२ हजार ८०० रुपैयाँ कायम भएको हो ।

तेजाबी सुनको मुल्य प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुनको मुल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मुल्य तोलामा १० रुपैयाँले घटेर एक हजार १७५ रुपैयाँ कायम भएको छ। मंगलबार चाँदीको मुल्य प्रतितोला १ हजार १८५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित : 14 September, 2022 11:39 am