दाेहाेराे अंकले घट्याे नेप्से, कारोबार रकममा पनि गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

दाेहाेराे अंकले घट्याे नेप्से, कारोबार रकममा पनि गिरावट



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को निरन्तर घट्ने क्रम जारी रहेको छ । साताको कारोबारको पहिलो दिन आज आइतबार पनि नेप्से ११.४७ अंकले घटेर एक हजार ९ सय ३६ दशमलब २८ विन्दुमा पुगेर रोकिएको हो । आज सेन्सेटिभ इण्डेक्स २.०६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.९०अंक घटेको छ । साथै, सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९७ अंक घटेको छ।

त्यस्तै, आज कारोबार रकम पनि ओरालो लागेको छ । नेप्सेमा ७४ करोड ७२ लाख २६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। आज नेप्सेमा कारोबार भएका २२१ कम्पनीहरुमध्ये २६ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १५६ कम्पनीको शेयरमूल्य घटेको छ । साथै, ७ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।

यसमध्ये नेप्सेमा एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । मैलुङ खोला जलविद्युत कम्पनीको शेयर ४.५६ प्रतिशतले बढेर प्रतिकित्ता ५०४ रुपैंयामा कारोबार भएको छ ।

नेप्सेका अनुसार सानिमा लार्ज क्याप फण्ड र छ्याङ्दी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले आज सर्वाधिक गुमाएका छन्। यी कम्पनीको शेयरमुल्य आज ५ प्रतिशत भन्दा बढीले घटेको छ ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन एभरेष्ट इन्स्योरेन्सको भएको छ । यसको आज ३ करोड ९५ लाख ७८ हजार भन्दा बढीको कारोबार भएको छ

प्रकाशित : 11 September, 2022 3:32 pm