काठमाडौं । श्रीजनशील लघुवित्तको आइपीओ भदौ २७ गते सोमबार बाँडफाँट हुने भएको छ । आइपीओ बिक्री प्रबन्धक सनराइज क्यापिटलको आफ्नै कार्यालयमा बिहान ९ स् १५ बजे बाँडफाँट गर्ने भएको छ।
यसमा मागभन्दा ५६.८७ गुणा बढी आवेदन परेकाले गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । यसमा ३६ हजार ८५९ जनाले मात्र यसको सेयर हात पार्नेछन् । ।
यो आइपीओमा १९ लाख ५ हजार १८६ जनाले कुल २ करोड ९ लाख ६४ हजार ५० कित्ताको लागि आवेदन दिएका छन् । कम्पनीले भदौ १५ गतेदेखि कुल ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता साधारण सेयर निष्कासन गरेको हो । यो मध्ये ५ प्रतिशत अथवा १९ हजार ६९० कित्ता सामूहिक लगानी कोष र ०.५ प्तिशत अर्थात् ५ हजार ४७० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो ।
बाँकी ३ लाख ६८ हजार ५९० कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका हुन् । यो आइपीओमा सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।





Comment