काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँ कायम भएकोमा बिहीबार ८ सय रुपैयाँले बढेर ९३ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, तेजावी सुनको मूल्य बिहीबार प्रतितोला ९३ हजार ३ सय रुपैयाँ कायम भएको छ । साथै, बुधबार चाँदीको मूल्य प्रतितोला ११ सय १० रुपैयाँ कायम भएकोमा बिहीबार २५ रुपैयाँले बढेर ११ सय ३५ रुपैयाँ कायम भएको छ ।
Comment