काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको तेस्रो दिन आज मंगलबार दोहोरो अंकले घटेको छ । नेप्से २१.२२ अंकले घटेर एक हजार ९ सय ५१ दशमलब ७९ विन्दुमा पुगेर रोकिएको हो । आज सेन्सेटिभ इण्डेक्स ३.८९ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.५१अंक घटेको छ । साथै, सेन्सेटिभ फ्लोट इण्डेक्स १.४१अंक घटेको छ।
त्यस्तै, आज कारोबार रकममा भने बृद्धि भएको छ । नेप्सेमा एक अर्ब १९ करोड ७ लाख ६५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। सोमबार नेप्सेमा ९० करोड ९९ लाखको कारोबार भएको थियो ।
आज नेप्सेमा कारोबार भएका २२७ कम्पनीहरुमध्ये १४ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १७१ कम्पनीको शेयरमूल्य घटेको छ । साथै, तीन कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।
यसमध्ये नेप्सेमा एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.६८ अंकले बढेर प्रतिकित्ता १०४२ रुपैयाँ पुगेको छ ।
नेप्सेका अनुसार आज सानिमामाई हाइड्रोपावरको शेयर सर्वाधिक घटेको छ । यस कम्पनीको शेयरमुल्य आज ७ प्रतिशत भन्दा बढीले घटेको हो ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन एभरेष्ट इन्स्योरेन्सको भएको छ । यसको आज ९१ करोड ४१ लाख ८७ हजार भन्दा बढीको कारोबार भएको छ ।
Comment