काठमाडौं । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको ह्यून्डाइ फेस्टिभ डिलाइट २०७८ अफरको बम्पर विजेतालाई पुरस्कार हस्तान्तरण गरेको छ । थापाथली स्थित हुन्डाई सोरुममा आयोजित कार्यक्रममा बिजेतालाई कनज्युमर आई नेपालकी अध्यक्ष बिमला खनाल तथा लक्ष्मी हुन्डाईका विक्री प्रतिनिधिद्धारा संयुक्त रुपमा पुरस्कार हस्तान्तरण गरेका छन् ।
सो अफर अनुरुप हरेक नँया हुन्डाई गाडीको खरिदमा ग्राहकहरुले ३ लाख सम्मको आकर्षक नगद छुट र एक वर्षको लागि निःशुल्क बीमा तथा सडक कर, त्यसैगरी स्क्रयाच कार्ड मार्फत थप १ लाख सम्मको नगद छुट र बम्पर उपहार अन्तर्गत लक्कि ड्र मार्फत १ जना विजेतालाई हुन्डाई आइ २० जित्ने मौका पाएका थिए।
ह्यून्डाइ फेस्टिभ डिलाइट २०७८ अफरको विजेताको घोषणा हिमालयन टिभिमा लाइभ लक्की ड्र मार्फत भाद्र ९ गते गरिएको थियो । सो कार्यक्रमको मुख्य अतिथिमा कनमर आई नेपालकी अध्यक्ष बिमला खनाल रहनु भएको थियो ।
ह्यून्डाइ फेस्टिभ डिलाइट २०७८ अफर अनुरुप बम्पर लक्की ड्र अन्तर्गत कुपन नम्बर १४७०, काठमाण्डौंका लोकेश बज्रचार्यले हुन्डाई आइ २० जित्नु भएको थियो । यस लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकवर्गको निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको छ र ह्यून्डाइ फेस्टिभ डिलाइट २०७८ योजना मार्फत पनि ग्राहकहरुलाई विभिन्न सेवा सुविधा प्रदान गर्ने लक्ष्य लिएको थियो । सो योजना भाद्र २४ देखि कार्तिक ३० सम्म लागु गरिएको थियो ।
Comment