सुनको मुल्य तोलामा एक सय रुपैंयाले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्य तोलामा एक सय रुपैंयाले बढ्यो



काठमाडौं। सोमबार सुन तोलामा एक सय र चाँदी तोलामा ५ रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारका लागि सुनको मूल्य प्रतितोला ९३ हजार ७ सय रुपैयाँ निर्धारण भएको हो।

छापावाल सुन आइतबार प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। सोमबार चाँदी प्रतितोला ११ सय १५ रुपैयाँमा कारोबार भएको छ। अघिल्लो दिन आइतबार पनि चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला ११ सय १० रुपैंयामा कारोबार भएको थियो।

प्रकाशित : २० भाद्र २०७९, सोमबार ११:२८