काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कने क्रममा रहेकोे बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २४औं वार्षिक साधारणसभामा मन्त्री शर्माले सरकारले समयमै होसियारी अपनाएका कारण अर्थतन्त्र श्रीलंकाको बाटोमा जानबाट रोकिएको बताएका हुन्।
उनले नेपालीहरुको ठूला चाडपर्वहरु नजिकएसँगै देशमा भित्रने बिप्रेषण बढ्दै गएकाले विदेशी मुद्रा संञ्चिती बढ्दै जाने र अर्थतन्त्र सबल हुँदै जाने बताए । त्यसैगरी,उनले तरलता अभाव हुन नदिन सरकारले बजेट खर्चमा ध्यान दिने र चालु आवमा बजेट खर्च प्रभावकारी बनाउन सबै मन्त्रालयलाई निर्देशन दिइएको जानकारी दिए ।
मन्त्री शर्माले निजी क्षेत्रलाई उत्पादनमूलक क्षेत्रमा लगाउनी बढाउन र स्वदेशी पुँजी निर्माण गर्न समेत आग्रह गरेका छन् । मुलुक भित्र लगानीमैत्री वाताबरण बनाउन नीतिहरु बनेकाले निसङकुच लगानी गर्न भनेका छन् ।
उनले भने, ‘स्वदेशमा थप रोजगारी सृजना गर्नका लागि विभिन्न क्षेत्रको पहिचान गरेकाले लगानीको सम्भावना छ, त्यसले तरलताको समस्या, विदेशी सञ्चिति लगायतका समस्या कम हुन्छ।’
Comment