काठमाडौं । दुई दिन उकालो लागेको नेप्से परिसूचक साताको कारोबारको पाँचौ दिन आज बिहीबार दोहोरो अंकले घटेको छ । नेप्से १८.३० अंकले घटेर दुई हजार ३९ दशमलब ५५ विन्दुमा पुगेर रोकिएको हो । आज सेन्सेटिभ इण्डेक्स ३.७८ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.०५ अंक घटेको छ । साथै, सेन्सेटिभ फ्लोट इण्डेक्स १.०७ अंक घटेकाे छ।
त्यस्तै, अघिल्लो दिनको तुलनामा आज कारोबार रकम भने बढेको छ । नेप्सेमा १ अर्ब ७१ करोड ७४ लाख ६९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो दिन १ अर्ब ५२ करोड ६१ लाख रुपैंया बराबरको कारोबार भएको थियो ।
आज नेप्सेमा कारोबार भएका २१९ कम्पनीहरुमध्ये १५ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १६८ कम्पनीको शेयरमूल्य घटेको छ । साथै, ४ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ । यसमध्ये नेप्सेमा आज अप्पर हेवाखोला हाईड्रोपावर कम्पनीको शेयर ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ३६४.४० रुपैंया पुगेको छ।
नेप्सेका अनुसार आज मैलुङ खोला जलविद्युत कम्पनीको शेयर सर्वाधिक घटेको छ । यस कम्पनीको शेयरमुल्य आज ५ प्रतिशत भन्दा बढीले घटेको हो ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमाल दोलखा हाईड्रोपावरको भएको छ । यसको आज ११ करोड २४ लाख ६५ हजार भन्दा बढीको कारोबार भएको छ ।
Comment