५.८५ अंकले बढ्याे नेप्से, ४ अर्ब ६७ करोड बढीको कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

५.८५ अंकले बढ्याे नेप्से, ४ अर्ब ६७ करोड बढीको कारोबार



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको दाेस्रो दिन आज सोमबार सामान्य अंकले बढेको छ । नेप्से ५.८६ अंकले बढेर दुई हजार एक सय ९३ दशमलब ७८ विन्दुमा पुगेर रोकिएको हो । आज सेन्सेटिभ इण्डेक्स १.९४ अंक बढेको छ भने फ्लोट इण्डेक्स आज स्थिर रहेको छ । साथै, सेन्सेटिभ फ्लोट इण्डेक्स पनि ०.१४ अंक बढेको छ।

त्यस्तै, आज कारोबार रकममा पनि बृद्धि भएको छ। आज नेप्सेमा ४ अर्ब ६७ करोड ७ लाख ९८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीहरुमध्ये ५८ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ११५ कम्पनीको शेयरमूल्य घटेको छ । साथै, ६ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।

यसमध्ये ३ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । जसमा बुटवल पावर कम्पनी, सिटिजन्स म्युचुअल फण्ड २ र गुडविल फाइनान्सको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले बढेको छ ।

नेप्सेका अनुसार आज स्वाभिमान लघुवित्त वित्तिय संस्था लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यसको आज ३८ करोड ३१ लाख ११ हजार भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : १६ श्रावण २०७९, सोमबार १५:३२