सुनचाँदीको मुल्यमा सामान्य बृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सुनचाँदीको मुल्यमा सामान्य बृद्धि



काठमाडौं । नेपाली बजारमा सुनको मुल्यमा सामान्य बृद्धि भएको छ । महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा २०० सय रुपैंयाले बढेर प्रतितोला ९५ हजार ८ सय रुपैयाँ कायम गरिएको छ । साथै, तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार ३ सय रुपैयाँ कायम गरिएको छ । गत साता सुनको मुल्य प्रतितोला ९५ हजार ६०० सय रुपैंयामा कारोबार भएको थियो ।

त्यस्तै, यता चाँदीको मूल्य गत साता प्रतितोला १२२० रुपैंयामा कारोबार गरिएकोमा आज प्रतितोला १२३० रुपैयाँ रहेको महासंघले जनाएको छ ।

प्रकाशित : १५ श्रावण २०७९, आईतवार ११:४५