क्रिप्टोकरेन्सीले बैंकमा पैसाको अभावसंगै शेयर बजार धरासाही हुनथाल्याे : सांसद शर्मा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थतन्त्र

क्रिप्टोकरेन्सीले बैंकमा पैसाको अभावसंगै शेयर बजार धरासाही हुनथाल्याे : सांसद शर्मा



काठमाडौं । प्रतिनिधि सभा सदस्य इन्दुकुमारी शर्माले बैंकमा पैसाको अभाव देखिनु र शेयर बजार धरासाही हुँदै जानुको प्रमुख कारण क्रिप्टोकरेन्सी रहेको बताईन ।

मंगलवार बसेको प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै उनले नेपालमा ५ लाख भन्दा धेरै मानिसहरु गैरकानूनी कारोबार क्रिप्टोकरेन्सीमा संलग्न भएको भन्दै तत्काल क्रिप्टोकरेन्सी कारोबार करको दायरा वा नियन्त्रण गर्न माग गरेकी छन् ।

उनले पछिल्लो समय बैंकमा पैसाको अभाव देखिनु, शेयर बजार धरासाही हुँदै जानुमा क्रिप्टोकरेन्सी प्रमुख कारण रहेको दाबी गरिन। उनले भनिन्, ‘नेपालमा ५ लाख भन्दा धेरै मानिसहरु गैरकानूनी कारोबार क्रिप्टोकरेन्सीमा संलग्न छन् । लगानीकर्तालाई कानुनको डर छ भने लगानी सुरक्षित छैन भन्ने आंतक छ ।छोटो समयमा नै धेरै मुनाफा हुने व्यापार क्रिप्टोकरेन्सी बेरोजगारी युवा,भष्टाचारी ,जग्गा र हुण्डी कारोबारमा नेतादेखि कार्यकर्ता समेतको आकर्षण बढ्न थालेको उनले बताईन्’ ।

उनले भनिन्, ‘बैंकमा पैसाको अभाव देखिनु शेयर बजार धरासाही हुँदै जानुमा क्रिप्टोकरेन्सी प्रमुख कारण रहेको छ । क्रिप्टोकरेन्सीलाई करको दायरामा ल्याएर नियन्त्रण गर्न सरकारसँग माग गर्दछु ।’

प्रकाशित : १० श्रावण २०७९, मंगलवार १७:२३