सुनको मुल्य तोलामा पाँच सय रुपैयाले बृद्धि, चाँदीको मुल्यमा भने गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थतन्त्र

सुनको मुल्य तोलामा पाँच सय रुपैयाले बृद्धि, चाँदीको मुल्यमा भने गिरावट



काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको हो ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार पाँच रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ रहेको छ । गत साता सुनको मुल्य प्रतितोला ९४ हजार रुपैंयामा कारोबार भएको थियो ।

त्यस्तै गत साता प्रतितोला ११६५ रुपैंयामा कारोबार भएको चाँदीको मूल्य आज प्रतितोला ११५५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।

प्रकाशित : ८ श्रावण २०७९, आईतवार १२:०५