काठमाडौं । नेपाल राष्ट्र बैंकमा बैंकहरुले राख्नुपर्ने नगद मौज्दात अनुपात (सीआरआर रेसियो)को सीमा बढेको छ । आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिमार्फत सीआरआरको रेसियो हाल ३ प्रतिशत रहेकोमा अब ४ प्रतिशत कायम भएको हो ।
आगामी भदौ १ गतेदेखि यो व्यवस्था लागू हुने जनाईएको छ । त्यस्तै वैधानिक तरलता अनुपात (एसएलआर)को सीमा पनि बढाइएको छ । अब एसएलआर वाणिज्य बैंकहरुका लागि १२ र विकास बैंक तथा फाइनान्स कम्पनीहरुका लागि १० प्रतिशत कायम भएको छ ।
हाल एसएलआर वाणिज्य बैंकका लागि १० प्रतिशत, विकास बैंकका लागि ८ र फाइनान्सका लागि ७ प्रतिशत थियो । पुस मसान्तसम्म बैंकहरुले यो व्यवस्था लागू गर्नुपर्नेछ ।
Comment