सुनको मुल्य तोलाकाे एकै दिन एक हजार रुपैंयाले घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्य तोलाकाे एकै दिन एक हजार रुपैंयाले घट्यो



काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मुल्यमा उच्च गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा एक हजार रुपैयाँले घटेको हो।

योसँगै छापावाल सुन प्रतितोला ९३ हजार रुपैयाँ र तेजाबी सुन ९२ हजार ५०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन छापावाल सुनको मुल्य प्रतितोला ९४ हजार रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको मुल्य तोलामा १० रुपैयाँ घटेर एक हजार १५५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी एक हजार १६५ रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित : 21 July, 2022 11:20 am