सुनचाँदीको मुल्य बढ्यो, कतिमा भईरहेको छ कारोबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनचाँदीको मुल्य बढ्यो, कतिमा भईरहेको छ कारोबार ?



काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मुल्य उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा २०० रुपैयाँले बढेको हो।

योसँगै छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुन ९३ हजार ५०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुनको मुल्य तोलामा २०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन ९३ हजार ८०० रुपैयाँ र तेजाबी सुन ९३ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको मुल्य तोलामा ५ रुपैयाँ बढेर १ हजार १६५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँ घटेर चाँदी १ हजार १६० रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित : ४ श्रावण २०७९, बुधबार ११:३७