काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको कामु प्रमुख कार्यकारी अधिकृत निर्मल दाहाल नियुक्त भएका छन् । साउन १ गतेदेखि लागू हुने गरी दाहालले कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएका हुन् ।
उनी तीन महिनाअघि बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए । प्राइम लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईको दोस्रो कार्यकाल असार मसान्तमा सकिएको छ ।
दाहाल यसअघि यूकेएडले सपोर्ट गरेको गैर सरकारी संस्था सक्षममा कार्यरत थिए । जहाँ उनी ‘सक्षम एक्सेस टु फाइनान्स’ नामक प्रोग्रामको टीम लिडर थिए । सक्षममा जोडिनुपूर्व उनी लक्ष्मी बैंकमा कार्यरत थिए । शंकरदेव क्यापसबाट एमबीए गरेका दाहालले हिमालयन बैंकबाट बैकिङ करिअर शुरु गरेका थिए ।
प्राइम लाइफ, गुराँस लाइफ र यूनियन लाइफबीच मर्जरको प्रक्रिया चलिरहेको छ । मर्जपछि कसलाई प्रमुख कार्यकारी अधिकृत बनाउने भन्ने विषयमा सहमति भइनसेको बताइएको छ ।
Comment