सुनको मुल्य तोलामा चार सय रुपैंयाले बृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्य तोलामा चार सय रुपैंयाले बृद्धि



काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा चार सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९४ हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला ११६० रुपैयाँमा कारोबार भएकोमा आज बढेर प्रतितोला ११६५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित : २ श्रावण २०७९, सोमबार ११:२७