सुनचाँदीको मुल्य घट्यो, कति पुग्यो तोलाकाे ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनचाँदीको मुल्य घट्यो, कति पुग्यो तोलाकाे ?



काठमाडौं । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा २०० सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, तेजाबी सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आज नेपाली बजारमा चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा पाँच रुपैयाँले घटेर प्रतितोला १ हजार १७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित : 13 July, 2022 11:19 am