सुनचाँदीको मुल्य घट्यो, कतिमा भईरहेको छ कारोबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनचाँदीको मुल्य घट्यो, कतिमा भईरहेको छ कारोबार ?



काठमाडौं । मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । अघिल्लो दिन प्रतितोला ९४ हजार ७०० सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा २०० सय रुपैंयाले गिरावट आएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५०० सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि सामान्य घटेको छ । अघिल्लो दिन प्रतितोला ११८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार प्रतितोला ११७५ रुपैंया कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित : २८ असार २०७९, मंगलवार ११:१५