जनार्दन शर्मामाथि मंगलबारबाट छानबिन सुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थतन्त्र

जनार्दन शर्मामाथि मंगलबारबाट छानबिन सुरु



काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि आगामी मंगलबारबाट छानबिन सुरु हुने भएको छ। बजेट निर्माणका विषयमा शर्मामाथि विभिन्न आरोप लागेपछि प्रतिनिधिसभाले गत बुधबार छानबिन गर्न ११ सदस्यीय विशेष समिति गठन गरेको थियो। सोही समितिले मंगलबारबाट शर्मामाथि छानबिन सुरु गर्ने भएको हो।

सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबार संसद भवन सहजीकरण बैठक डोकेका थिए। बैठकले आउँदो मंगलबार विशेष समितिको पहिलो बैठक बस्ने र सोही दिन कार्यविधि बनाएर आफ्नो कार्य थाल्ने निर्णय गरेको छ।

बैठकले विशेष समितिको सचिवको जिम्मेवारी संसद सचिवालयका सहसचिव सुरेन्द्र अर्याललाई तोकेको छ।विशेष समितिलाई छानबिन कार्यका लागि १० दिनको समयावधि दिइएको छ।

प्रकाशित : २४ असार २०७९, शुक्रबार १६:१८