सुनको मुल्य स्थिर, चाँदीको मुल्यमा भने सामान्य गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थतन्त्र

सुनको मुल्य स्थिर, चाँदीको मुल्यमा भने सामान्य गिरावट



काठमाडौं । शुक्रबार सुनको मूल्यमा स्थिरता आएको छ । अघिल्लो दिन प्रतितोला ९४ हजार ६०० सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज पनि सोहि मुल्य कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ६०० सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार एक सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै, यता आज चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ । बिहिबार प्रतितोला ११८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार प्रतितोला ११७५ रुपैंया कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित : २४ असार २०७९, शुक्रबार १२:०२