डिम्याट खाता नवीकरण गर्न एनसीसी बैंकको आग्रह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

मुख्य समाचार

डिम्याट खाता नवीकरण गर्न एनसीसी बैंकको आग्रह



काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले हितग्राही खाताधनीहरुलाई डिम्याट खाता नवीकरण शुल्क बुझाउन आग्रह गरेको छ । बैंकले सूचना जारी गर्दै आफ्ना शाखा कार्यालयहरुबाट हितग्राही खाता खोलेका हितग्राहीलाई आर्थिक वर्ष २०७८र७९ सम्म डिम्याट सञ्चालन गरे बापत वार्षिक शुल्क १०० रुपैयाँ बुझाउन आग्रह गरेको हो ।

हितग्राहीहरुले असार मसान्तभित्र बैंकको शाखा कार्यालयमा गएर वा आइएमई पे, ई– सेवा , कनेक्ट आईपीएस, खल्ती डिजिटल , प्रभु पे वालेटमार्फत शुल्क बुझाउन सक्ने जनाएको छ ।

तोकिएको समयावधि असान्त मसान्तभित्र वार्षिक शुल्क भुक्तानी नगरेमा हितग्राहीहरुको डिम्याट खाता रोक्का हुने कम्पनीले बताएको छ । मेरो सेयर सेवा लिएका हितग्राहीहरुले सो सेवा सञ्चालनमा आएको एक वर्षको अवधिभित्र नविकरण गरिसक्नु पर्नेछ ।

प्रकाशित : २० असार २०७९, सोमबार १७:१९