काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बजेट निर्माणमा बिचौलिया प्रयोग गरिरएको घटनाबारे छानबिनका लागि संसदीय समिति गठन गर्न माग गरेका छन् । सोमबार प्रतिनिधि सभामा सम्बोधन गर्दै अध्यक्ष ओलीले बजेट निर्माणमा बिचौलिया प्रयोग गरिरएको घटना छानबिनका लागि संसदीय समिति गठन गर्न माग गरेका हुन् ।
अर्थ मन्त्रालयले सीसीटीभी फुटेज नै नरहेको भन्ने सार्वजनिक गरिरहेको र अर्थमन्त्रीले एमालेले भन्दैमा फुटेज देखाइन्न भनिरहेका बेला एमाले अध्यक्ष ओलीले यस्ता अभिव्यक्ति गैरजिम्मेवार खालको भएको बताए ।
उनले यस विषयमा संसदीय छानबिन समिति बनाउँ । यसमा छानबिन हुनैपर्छ । यसरी बाहिरका बिचौलिया प्रयोग गरेर बजेट बनाउने कुरा कल्पना गर्न पनि नसकिने बताए ।
उनले भने ‘योभन्दा बढी राष्ट्रको अर्थतन्त्र ध्वस्त पार्ने तमासा के हुन्छ ? उनले मन्त्रीहरूले अनेक गर्दा पनि प्रधानमन्त्री निरीह भएर बसिरहेको आरोप लगाए । उनले कुनै अधिकारीले जिम्मेवारी नलिए प्रधानमन्त्रीय प्रणाालीमा प्रधानमन्त्री नै जिम्मेवार हुने बताए ।
Comment