काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा लुम्बिनी जनरल इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको ९.५० प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो ।
समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ३७६.२६ रुपैयाँ कायम भएको छ । नेप्सेले कम्पनीको ४१२ रुपैयाँको आधारमा शेयर मुल्य समायोजन गरेको हो । सोही मूल्यलाई आधार मानेर आज कम्पनीको शेयर कारोबार खुल्नेछ ।
Comment