नेपाल हाइड्रो डेभलपरको विशेष साधारण सभा स्थगित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

नेपाल हाइड्रो डेभलपरको विशेष साधारण सभा स्थगित



काठमाडौं । नेपाल हाइड्रो डेभलपरको विशेष साधारण सभा स्थगित भएको छ । कम्पनीले सोमबार (असार १३ गते) सभा बोलाएको थियो । गणपूरक संख्या नपुगेकाले सभा स्थिगित भएको कम्पनीले जनाएको छ ।

कम्पनीले स्थगित सभा पुनस् असार २९ गते डाकेको छ । यसअघि राखेका सबै एजेन्डाहरु यथावत् गर्दै अब असार २९ का लागि सभा बोलाइएको कम्पनीले जनाएको छ ।

सभा कम्पनीको रजिष्टर्ड कार्यालय डील्लीबजार, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा कम्पनीको नियमावली संशोधन वा परिमार्जन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पेस हुनेछ ।

सभा प्रयोजनका लागि कम्पनीले असार २ गते बुक क्लोज गरिसकेको छ । यसर्थ, असार १ गतेसम्म कायम सेयरधनीहरुले सभामा भाग लिन सक्नेछन् ।

प्रकाशित : १४ असार २०७९, मंगलवार १२:४५