लामो समयपछि नेप्सेसंगै कारोबार रकममा पनि बृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

लामो समयपछि नेप्सेसंगै कारोबार रकममा पनि बृद्धि



काठमाडौं । लामो समयको अन्तरालपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबारको पहिलो दिन आज आइतबार उच्च अंकको वृद्धि भएको छ । आज नेप्से ९४.९२ अंकले बढेर एक हजार ९ सय ५६ दशमलब ९८ विन्दुमा रोकिएको हो । आज सेन्सेटिभ इण्डेक्स १७.९३ प्रतिशत बढेको छ भने फ्लोट इण्डेक्स ६.६५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ६.६६ अंक बढेको छ।

त्यस्तै, आज कारोबार रकम पनि बढेको छ । यसअघि एक अर्बमा खुम्चिएको कारोबार रकम आज २ अर्ब १९ करोड ६१ लाख ४१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका कम्पनीहरु मध्ये १९५ कम्पनीको शेयरमूल्य बढेको छ । जसमध्ये ३ दर्जनभन्दा बढी कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यसमा पनि २१ वटा कम्पनीका शेयरमूल्यमा १० प्रतिशतले वृद्धि भएको छ ।

नेप्सेका अनुसार आज ३ कम्पनीको लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यी ३ वटै ऋणपत्र रहेका छन् । यसको शेयरमूल्य आज २ प्रतिशत भन्दा बढीले घटेको छ ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कुमारी बैंकको भएको छ । यस कम्पनीको आज ८ करोड ६४ लाख ३८ हजार भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : १२ असार २०७९, आईतवार १६:०१