सुनको मुल्य तोलामा ३ सय रुपैयाँले घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्य तोलामा ३ सय रुपैयाँले घट्यो



काठमाडौं । आईतबार सुनको मूल्य घटेको छ । हिजो सुनको मूल्य प्रतितोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा ३ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९७ हजार ५ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १२७५ रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला १२६५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित : ५ असार २०७९, आईतवार ११:२८