बजेटले नेपाल सिमेन्ट उत्पादक संघ उत्साहित, १५० अर्ब निर्यात गर्न सक्ने क्षमता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

बजेटले नेपाल सिमेन्ट उत्पादक संघ उत्साहित, १५० अर्ब निर्यात गर्न सक्ने क्षमता



काठमाडौं । सरकारले प्रस्तुत गरेको आ.व. २०७९/०८० को वजेटवाट स्वदेशमा स्थापित सिमेन्ट/ क्लिङ्कर उत्पादन गर्ने उद्योगहरु संरक्षण तथा सम्वद्र्धन गर्न र देशको व्यापारघाटा कम गर्न निकाशीमा नगद प्रोत्साहन, उद्योगहरुले उपभोग गर्ने विद्युत महशुलमा छुट दिईएको व्यवस्था स्वागत योग्य रहेको भन्दै अर्थ मन्त्रालय, अर्थमन्त्री, उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री,सचिवहरु लगायतमा कृतज्ञता व्यक्त गरेको छ ।

प्रस्तुत वजेटमा निर्यातलाई प्राथमिकतामा राखी निर्यातका उच्च संभावना भएका वस्तुहरुमा सिमेन्ट र क्लिङ्करलाई समावेश गरी यसको निर्यातमा ८ प्रतिशत नगद प्रोत्साहन दिने व्यवस्था स्वदेशी उत्पादनमुलक उद्योगहरुको हितमा रहेको जानकारी दिएको छ । त्यसैगरी यसवाट देशमा प्रचुर मात्रामा रहेको कच्चा पदार्थ चुनढुङ्गाको उपयोगमा उल्लेखनीय वृद्धि हुुनुका साथै यी उद्योगहरु पुर्ण क्षमतामा संचालन भएमा रु. १५० अर्ब भन्दा वढि रकमको निकाशी गर्ने सम्भावना रहेको बताएको छ ।

यसले देशमा चुलिएको व्यापार घाटा कम गर्न र अमुल्य विदेशी मुद्रा सञ्चिती गर्नमा उल्लेखनीय सहयोग पुग्ने समेत जनाएको छ ।

साथै यस वजेटवाट देशको औद्योगीक क्षेत्रको विकास गर्न एंव निर्यात प्रर्वद्धन गरी आयात प्रतिस्थापन गर्न योगदान पुग्ने गरी भएको वार्षिक १० करोड भन्दा वढि रकमको विद्युत खपत गर्ने उद्योगहरुलाई विद्युत महशुलमा १५ प्रतिशतसम्म छुट दिने व्यवस्था समेतको हार्दिक स्वागत गर्दै यस व्यवस्थावाट देशको औद्योगीकीकरणमा योगदान पुग्ने र स्वदेशमा उत्पादित विद्युतको खपत स्वदेशमा नै हुने वातावरण सिर्जना हुने विश्वास संघको रहेको छ ।

आ.व. २०७९/०८० को यस वजेटले गरेको उपरोक्त व्यवस्थाहरु तत्काल कार्यान्वयनमा ल्याउनका लागी संघ सम्पुर्ण सरोकारवालाहरुमा अनुरोध गरेको छ ।

प्रकाशित : २ असार २०७९, बिहीबार ११:५८