सुनको मुल्य तोलामा ६०० सयले घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्य तोलामा ६०० सयले घट्यो



काठमाडौं । बुधबार छापावाल सुनको मुल्य ताेलामा ६०० सय रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार १०० सय रुपैयाँ कायम भएकोमा बुधबार ६ सय रुपैयाँले घटेर ९६ हजार ५०० सय रुपैयाँ कायम भएको हो ।

त्यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ६ सय रुपैयाँबाट घटेर प्रतितोला ९६ हजार रुपैयाँ कायम भएको छ । साथै, चादीको मुल्यमा भने अघिल्लो दिनकै मुल्य कायम हुदै बुधबार प्रतितोला १२४५ रुपैया कायम रहेको महासंघले जनाएको छ ।

प्रकाशित : १ असार २०७९, बुधबार ११:२४