सुनचाँदीको मुल्य घट्यो, कति पुग्यो तोलामा ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनचाँदीको मुल्य घट्यो, कति पुग्यो तोलामा ?



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । हिजो सुनको मूल्य प्रतितोला ९८ हजार ९ सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा १८ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९७ हजार एक सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ६ सय रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १२६५ रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला १२४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित : ३१ जेष्ठ २०७९, मंगलवार ११:२३