सरकारले मलमा माल खोजिरहेको सांसद योगेश भट्टराईको आरोप « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सरकारले मलमा माल खोजिरहेको सांसद योगेश भट्टराईको आरोप



काठमाडौं । एमालेका सांसद योगेश भट्टराईले वर्तमान सरकार कृषि मलमा अनियमितता गर्न खोजिरहेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा कृषि मन्त्रालयका लागि विनियोजित बजेटमाथि आफ्ना धारणा राख्दै सांसद भट्टराईले उक्त आरोप लगाएका हुन् ।


उनले भने , किसानले बालिनाली लाउने बेला भइसकेको तर मलको हाहाकार छ । मल छैन, किसानले समयमा मल नपाउनु सरकारमा रहेको व्यक्तिहरुले अनियमितता गरेको आरोप लगाएका छन् । उनले मल खोज्न कृषिमन्त्री भारत भ्रमणमा रहेका छन्, मल आउला त भन्ने प्रश्न गरेका छन् ।

उनले मल आउँछ तर यो सरकारले मल ल्याउन खोजेको छैन । मलमा माल खोजिरहेको भन्दै जबसम्म माल आउँदैन मलमा, तबसम्म मल नआउने बताए ।

प्रकाशित : २५ जेष्ठ २०७९, बुधबार १४:१०