दश महिनामा १४ खर्ब भन्दा बढी व्यापार घाटा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

दश महिनामा १४ खर्ब भन्दा बढी व्यापार घाटा



काठमाडौं । भन्सार विभागले चालू आर्थिक वर्षको दश महिनासम्मको वैदेशिक व्यापारको तथ्यांक सार्वजनिक गरेको छ । उक्त तथ्यांक अनुसार चालू आवको १० महिनामा २७‍‌.९५ प्रतिशत आयातमा वृद्धि भएको छ ।

चालू आर्थिक वर्षको दश महिनामा १६ खर्ब ४ अर्ब ६५ करोड २५ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । गत आबको सोही अवधिमा १२ खर्ब ५४ अर्ब ११ करोड एक लाख रुपैयाँ बढीको आयात भएको थियो । गत आर्थिक बर्षको तुलनामा यो रकम २७.९५ प्रतिशत बढी हो ।

त्यसैगरी, चालू आर्थिक वर्षको दश महिनामा एक खर्ब ७३ अर्ब ३४ करोड ८२ लाख बराबरको स्वदेशी वस्तुको निर्यात भएको छ । गत आर्थिक वर्षको सोहि अबधिमा नेपालबाट एक खर्ब ८ अर्ब ४७ करोड ९७ लाख बराबरको सामान निर्यात भएको थियो जुन ५९.८० प्रतिशतले बढी देखिन्छ ।

नेपालले उच्च आयात भएको भन्दै विभिन्न वस्तुमा प्रतिबन्ध गरेपनि आयातमा भने कुनै कमी आएको देखिँदैन । चालू आवको दश महिनामा १६ खर्ब बढीको आयात हुँदा २४.९४ प्रतिशतले व्यापार घाटा बढेको हो ।

पछिल्लो दश महिनामा नेपालले १४ खर्ब ३१ अर्ब ३० करोड ४३ लाख भन्दा बढीको वैदेशिक व्यापार घाटा व्यहोरेको छ । गत आवको सोही अवधिमा नेपालले ११ खर्ब ४५ अर्ब ६३ करोड बराबरको व्यापार घाटा व्यहोरेको थियो ।

त्यसैले, गत वर्षको तुलनामा ३०.४९ प्रतिशतले वृद्धि भई १७ खर्ब ७८ अर्ब ७ लाख पुगेको भन्सार विभागले जनाएको छ । गत आवको सोही अवधिमा नेपालले १३ खर्ब ६२ अर्ब ५८ करोड ९९ लाख बराबरको वैदेशिक व्यापार भएको थियो ।

यस अवधिमा १६ खर्ब २७ अर्ब २३ करोड ४९ लाख रुपैयाँ बराबरको पुगेको भन्सार विभागले जनाएको छ । गत आर्थिक वर्षको सोहि अबधिमा १२ खर्ब ६ अर्ब १६ करोड २५ लाख बराबरको वैदेशिक व्यापार भएको थियो ।

प्रकाशित : १० जेष्ठ २०७९, मंगलवार १४:४२