निर्वाचनको दिन पर्यटकको सुविधाका लागि पर्यटन बोर्डले सटल बससेवा सञ्चालन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

निर्वाचनको दिन पर्यटकको सुविधाका लागि पर्यटन बोर्डले सटल बससेवा सञ्चालन गर्ने



काठमाडौं । वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका दिन हवाई यात्रुहरुलाई सेवा दिने उद्देश्यसहित नेपाल पर्यटन बोर्डले बस सेवा सञ्चालन गर्ने भएको छ ।

बोर्डले पर्यटक प्रहरीको सहयोग तथा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलदेखि विभिन्न होटल तथा होटलदेखि विमानस्थलसम्म आवात–जावतका लागि विभिन्न रुटहरुमा सःशुल्क सटल बस सेवा सञ्चालन गर्न लागेको हो ।

बोर्डका अनुसार रुट नम्बर एक अन्तर्गत विमानस्थल– एनएसी–होटल अन्नपूर्ण होटल याक एण्ड यति, ठमेल चोक,लैनचौर चोक,शंकर होटल,एम्बासडर होटल हुदै एअरपोर्टसम्म रहनेछ ।

साथै, दोस्रो रुट अन्तर्गत एअरपोर्ट, होटल र्याडिशन, सांग्रिला होटल, नारायण गोपाल चोक, महाराजगंज चोक,हायात रिजेन्सी, चाबहिल चोक, होटल द्वारिकाहुदै एअरपोर्टसम्मको हुनेछ ।

तेस्रो रुट एअरपोर्ट, तीनकुने चोक, होटल एभरेष्ट, माइतिघर चोक, होटल हिमालयन, होटल सोल्टी, ग्रान्ड होटल, एअरपोर्टसम्मको हुनेछ ।

सटल बस सेवा गरेवापत पर्यटकले सम्बन्धित बसधनीलाई रु ३०० बुझाउनुपर्ने बोर्डले जनाएको छ ।

प्रकाशित : २८ बैशाख २०७९, बुधबार १२:१५