नेप्सेमा १२.२७ अंककाे बृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्सेमा १२.२७ अंककाे बृद्धि



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको दोस्रो दिन सोमबार दोहोरो अंकले वृद्धि भएको छ । आज नेप्से १२.२७ अंकले बढेर दुई हजार २ सय ६८ दशमलब ८४ विन्दुमा रोकिएको हो ।

त्यस्तै, आज कारोबार रकममा पनि सामान्य सुधार भएको छ । आज एक अर्ब ३९ करोड ६ लाख ७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका मध्ये ११४ कम्पनीको शेयरमूल्य बढेको छ, ७१ कम्पनीकोे शेयरमूल्य घटेको छ भने ८ वटा कम्पनी स्थिर रहेका छन् । यसमध्ये जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा उच्च वृद्धि भई सर्किट लेभलमा कारोबार भएको छ । यसको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १८३९.८० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार आज हिमालयन उर्जा विकास कम्पनी, स्वरोजगार लघुवित्त विकास बैंक र गुहेश्वरी मर्चेन्ट एण्ड फाइनान्स कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य करिब ३ प्रतिशत भन्दा बढीले घटेको छ ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दूरसञ्चार कम्पनीको भएको छ । यस कम्पनीको आज ७ करोड ८३ लाख ५३ हजार भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : २६ बैशाख २०७९, सोमबार १५:३३