नेप्से दोहोरो अंकले गिरावट, एक कम्पनीमा सकारात्मक सर्किट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्से दोहोरो अंकले गिरावट, एक कम्पनीमा सकारात्मक सर्किट



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहिबार दोहोरो अंकले घटेको छ । आज नेप्से ३७.०६ अंकले घटेर दुई हजार २ सय ३८ दशमलब ६३ विन्दुमा रोकिएको हो ।

त्यस्तै, आज कारोबार रकममा भने बढेको छ । आज नेप्सेमा एक अर्ब ६५ करोड ५६ लाख १४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका मध्ये ५ कम्पनीको शेयरमूल्य बढेको छ, १८८ कम्पनीकोे शेयरमूल्य घटेको छ भने ३ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ।

यसमध्ये पनि जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागिरहेको छ । यस कम्पनीको शेयरमूल्य प्रतिकित्ता १५२०.६० रुपैयाँ पुगेको छ।

नेप्सेका अनुसार आज घलेम्दी हाइड्रो नेपालका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य करिब ६.८६ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी सूर्या लाईफ इन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको आज ८ करोड ४५ लाख ८७ हजार भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : २२ बैशाख २०७९, बिहीबार १५:३१