पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालत पुगे महाप्रसाद अधिकारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

बैंक / वित्त

पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालत पुगे महाप्रसाद अधिकारी



काठमाडाै‌ं । नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा रिट हालेका छन् । वारेशनामा मार्फत पुनर्बहालीका लागि रिट दायर गर्दै उनि अदालत पुगेका हुँन ।

सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको थियो । मन्त्रिपरिषदको निर्णयले गभर्नर अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषदको निर्णय अनुसार गभर्नर अधिकारीलाई निलम्बनसँगै छानविन समिति समेत गठन गरेको छ । तत्कालीन केपी ओली नेतृत्वको सरकारले २४ चैत २०७६ मा महाप्रसाद अधिकारीलाई राष्ट्र बैंकको १७औँ गभर्नरमा नियुक्त गरेको थियो। उनको कार्यकाल अझ करिब तीन वर्ष बाँकी छ।

गभर्नर महाप्रसाद अधिकारी निलम्बन

प्रकाशित : ४ बैशाख २०७९, आईतवार १४:४९