गभर्नर महाप्रसाद अधिकारी निलम्बन

काठमाडाैं । सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषदको निर्णयले गभर्नर अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषदको निर्णय अनुसार गभर्नर अधिकारीलाई निलम्बनसँगै छानविन समिति समेत गठन गरेको छ । डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यबाहक जिम्मेवारी दिइएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ ।