सुनचाँदीको मुल्यमा गिरावट, तोलाको कति पुग्यो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८१ असार

अर्थतन्त्र

सुनचाँदीको मुल्यमा गिरावट, तोलाको कति पुग्यो ?



काठमाडौं । मंगलबार सुनको मूल्य १३ सय रुपैयाँले घटेको छ । आज नेपाली बजारमा छापावाल सुन प्रतितोला ९९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुनको मूल्य प्रतितोला १ लाख ५ सय रुपैयाँ कायम रहेको थियो । त्यस्तै, आज तेजाबी सुन ९८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता ,चाँदीको मूल्यमा पनि आज तोलामा १० रुपैयाँले गिरावट आएको छ । सोमबार १३ सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार १३ सय ७० तोकिएको महासंघले जनाएको छ ।

प्रकाशित : १५ चैत्र २०७८, मंगलवार ११:३३